सल्यान, 23 कात्तिक ।
प्रहरी कर्मचारीहरुलाई सल्यानमा तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय खलंगा सल्यानको सभाहलमा विहीबार आयोजित प्रशिक्षण कार्यक्रममा प्रहरी सेवामा कार्यरत कर्मचारीले सामना गर्नुपर्ने मानसिक दबाब, कार्यभारको बोझ, तथा पेशागत चुनौतीहरुको सफल व्यवस्थापन गर्न सक्ने विभिन्न उपायहरुबारे अभिमुखिकरण गरिएको थियो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) केशर कुमार न्यौपानेले जिल्ला प्रहरी कार्यालय सल्यान तथा कार्यालय मातहतका विभिन्न युनिटमा कार्यरत करिब ५० प्रहरी कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरेका हुन् ।
डिएसपी न्यौपानेले प्रहरी सेवामा तनाव व्यवस्थापनको आवश्यकता औल्याएका थिए भने तनावलाई सकारात्मक ऊर्जा र उत्प्रेरणामा बदल्न सकिने तरिकाबारे समेत विस्तृत छलफल गरिएको थियो ।
प्रशिक्षणमा सहभागी प्रहरी कर्मचारीहरुले आफूहरुलाई मनोबल उच्च बनाउने र कार्यक्षमतामा सुधार ल्याउने विभिन्न विधिबारे जान्न पाउँदा उत्साहित भएको जनाएका छन्। यस प्रकारको प्रशिक्षणले उनीहरुको व्यक्तिगत तथा पेशागत जीवनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । यो प्रशिक्षणले प्रहरी कर्मचारीहरुको मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने जिल्ला प्रहरी कार्यालयको विश्वास छ ।
3