आपसी सद्भाव सुदृढ पार्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

सेयर गर्नुहोस

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आपसी सद्भाव सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

छठ पर्वका अवसरमा शुभकामना दिँदै उनले राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्धन गर्ने विश्वास व्यक्त गरेका छन्।

खासगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल आएर काठमाडौँ उपत्यकालगायत पहाडी तथा हिमाली भेगमा समेत श्रद्धा एवं भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुशीको विषय भएको उनको शुभकामना सन्देशमा उल्लेख छ।

 

Facebook Comments Box