२५ मंसिर २०८१, मंगलवार

विवादित छैन कृष्णनगर, चाैथाे बर्ष पनि साैहर्दयपुर्ण मुर्ति विसर्जन

अंकुश श्रीवास्तव
कृष्णनगर , कार्तिक १९ । कपिलवस्तु जिल्लाकाे कृष्णनगरमा चाैथाे बर्ष पनि लक्ष्मी माता मुर्ति विसर्जन शान्तिपूर्ण  रुपमा सफल भएकाे छ ।
विगतका बर्षहरुमा मुर्ति विसर्जनका बेला विवाद भई दुई सम्प्रदाय बीच तनाव बढ्ने र समाजिक सहिष्णुता भंग हुने गरेकाे थियाे जसका कारण कृष्णनगरलाई विवादित ठाउँ भनेर चिनिने गरिन्थ्याे । तर स्थानीय जनप्रतिनिधिकाे अगुवाई तथा सर्वसाधारणकाे संयम्ता र सुरक्षा निकायकाे सुझबुझका कारण चाैथाे बर्ष पनि दशैं तिहारका मुर्ति विसर्जन शान्तिपूर्ण र र साैहर्दयपुर्ण तरिकाले सम्पन्न भएकाे छ ।
कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह संयाेजक रहनुभएका जिल्ला सुरक्षा समिति कपिलवस्तु मताहतकाे मुर्ति व्यवस्थापन तथा विसर्जन समितिले आफ्नाे अगुवाई तथा सुरक्षा निकायकाे समन्वयमा दशैं र तिहारकाे मुर्ति व्यवस्थापन एवं विसर्जन गराउंदै आएकाे चाैथाे बर्ष शान्तिपूर्ण र सभ्य तारिकाले सम्पन्न गरेकाे हाे । केही बर्ष पहिला जिल्लादेखि केन्द्रसम्म कृष्णनगर विवादित ठाउँ हाे भनी लागेकाे कालाे दाग मेटाउन लागिएकाे जनप्रतिनिधिहरुकाे भनाई छ । कृष्णनगरबासी शान्तिपुर्ण ढंगले आफ्ना चांडबांड मनाउने गर्छन केही अराजक तत्वहरुले राजनीति खेल्ने प्रयास गर्छन तर विफल भएपछि अहिले ब्यक्फुटमा पुगेकाे कृष्णनगरका धार्मिक अगुवाहरु बताउँछन् ।

मुर्ति विसर्जनका दिन नेपाल-भारतकाे सिमामा कडाई गरेपनि सर्वसाधारणलाई मध्येनजर गर्दै बाजारबाट मुर्ति कटिसकेपछि आवागमन सुचारु गरिदै आइएकाे अभ्यास छ । अहिले कृष्णनगरमा चांडबाड आफ्नाे स्वतन्त्रता र सहिष्णुताका साथ मनाउन थालिएपछि समाजिक सदभाव कायम हुदै गएकाे छ ।

धेरै कमेन्ट गरिएका