२५ मंसिर २०८१, मंगलवार

धानबाली बिक्रीमा भएका समस्या समाधान , व्यापारीहरु समर्थन मुल्यमै किन्नुपर्ने

कपिलवस्तु , कार्तिक १२ ।कपिलवस्तु किसान संघकाे पहलमा मुख्य बाली धानकाे बजारीकरण सम्बन्धि समस्या समाधान भएकाे छ ।

आज जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा किसान संघका पदाधिकारीसंगकाे समन्वय बैठकमा धानबाली भित्राउने कृषकलाई बजारीकरणमा देखिएका समस्या संवेदनशील विषय भएकाले बैठकले गरेका निर्णयहरु छिटै कार्यान्वयन गर्ने उल्लेख गरिएकाे अध्यक्ष अनुप कुमार चाैधरीले बताउनुभयाे ।
बैठकमा भएका निर्णयहरु यस प्रकारका छन –
१. आजको समन्वय बैठकमा यस जिल्लाका कृषकहरुले उत्पादन गरेको मुख्य वाली धान र यसको बजारीकरणका विषयमा सदा झै कृषक र व्यवसायीहरुले भोग्नु परेको समस्या र सो को उचित संबोधनका सम्बन्धमा सहभागीहरु बिच विस्तृत छलफल गरियो ।
२. कृषकले धान बिक्री गर्ने क्रममा पल्लेदारीको नाउँमा प्रति क्वीन्टल रु. २०/-, बोराको नाउँमा प्रति क्वीन्टल आधा के.जी. र खर्चको नाउँमा १.५ के.जी. सम्म धान दिनु / तिर्नु परेको कारण मर्कामा परिरहेको भन्ने प्राप्त जनगुनासोलाई मध्यनजर गरी जिल्लाका स्थानीय तहले अग्रसरता लिई स्थानीय गल्ला व्यवसायी/उद्योग वाणिज्य संघ / उद्योग व्यापार संघ / चेम्बर अफ कमर्शसंगको समन्वयमां कृषकसंग अन्य अतिरिक्त शुल्क लिन नपाउने तथा नेपाल सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयनका लागि सबै स्थानीय तहलाई अनुरोध गर्ने ।
३. कतिपय व्यक्तिले व्यवसाय दर्ता नगरी वा इजाजत पत्र नलिई धान लगायतका विभिन्न कृषि उपजहरु खरिद बिक्रि गर्ने गरेको भन्ने जनगुनासोलाई मध्यनजर गरी त्यसको सबै पक्षबाट अनुगमन गरी त्यस्तो गैरकानूनी कार्यलाई निरुत्साहित गर्ने ।
४. उपरोक्त निर्णयहरु तत्काल कार्यान्वयन गर्ने तथा सम्बन्धीत स्थानीय तह, उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ,चेम्बर अफ कमर्श र सरोकारवाला निकायले सो सम्बन्धमा आवश्यक अनुगमन गरी सो को जानकारी जिल्ला प्रशासन कार्यालयलाई अविलम्व गराउने ।

धेरै कमेन्ट गरिएका