२५ मंसिर २०८१, मंगलवार

कपिलवस्तुमा खुला रुपमै तस्करीकाे संरक्षण

कपिलवस्तु , कार्तिक ३ ।
जिल्लामा खुला नाका हुदै अवैधरुपमा मालसामान धमाधम भित्रिन थालेपछि सशस्त्रका बिओपी र प्रहरी चाैकीहरु तस्करकाे जालाेमा ट्रयाप भइसकेकाे अनुमान सजिलै लगाउन सकिन्छ ।
हालकाे अवस्थामा जिल्लाका दक्षिणी सिमाना का गाउँ-गाउँ हुँदै अवैधरुप मै मालसामान भित्रिदै गरेपनि सशस्त्र बिओपीले भन्सारमा मासिक रुपमा बुझाउने प्रगति विवरण भने शून्य बराबर नै देखिन्छ , कारण तस्करहरु स्थानीयका घरमा गाेदामै बनाई मालसामान भित्र्याउने गरेका छन साथै सुरक्षातन्त्रबाटै मालसमान समाउन कुनै चासाे नदेखाएकाले तस्करी झन माैलाउदै गएकाे छ ।
जिल्लाकाे सदरमुकाम नजिककाे प्रहरी निरिक्षक ईश्वरी अधिकारी प्रमुख रहेका सशस्त्र बिओपी डंगरी क्षेत्रका गाउँ रंगपुर,करजाहवा, लाेहराैली, रत्नपुर, पुन्नहिहवा , रजवापुर दिन्हु अवैध रुपमा बाख्री, लासुन, चामल, कपडा, ओैषधि , किराना सामान ओसारपसार भएका छन । त्यस्तै मर्यादपुर र पश्चिमका गाउं सेमरी , इटवा, काेपवा, साेमडिह लगायतका सिमासंग सटेका गाउंभित्र घरमै गाेदाम बनाई चना , केराउ , चिनि , मल, कपडा , हाेजरी, माेटरपार्टस लगायतकाे समान तस्करी भईरहेकाे छ । सशस्त्रका प्रहरी निरिक्षक अधिकारी र प्रहरी चाैकी मर्यादपुरका नायब प्रहरी निरिक्षक खिम बहादुर जिसीलाई सुचना दिंदापनि मालसामान बरामद गर्न सक्नुभएन । मर्यादपुर प्रहरी चाैकी पछाडिबाट धमाधम मालसामान साेमडिह हुँदै काेपवा र त्यसपछि काेदाहा हुँदै ताैलिहवा पुग्दै गरेकाे सुचना भेटिएकाे छ तर मर्यादपुरका प्रनानि जिसिले अहिलेसम्म अवैध मालसामान नभित्रिएकाे बताउँछन् ।
बाणगंगा नदी पारीकाे पहिलाे सशस्त्र बिओपी हर्दाैनाकाे मुजाहना, करजाहवा लगायतका आधादर्जन गाउं हुदै ठुलाे मात्रामा रेडिमेट कपडा , मुर्गा, माेटरपार्टस,पडाका, दाल, चना ,चिनि ,केराउ ,मलखाद भित्रिने गरेकाे छ । साथै कबाड , लासुन लगायतका मालसामान नेपालबाट भारत अवैधरुपमा जाँदै गरेका पनि छन तर प्रहरी निरिक्षक दिलिप खड्काले हालसम्म अवैध मालसामान पक्राउ गरि भन्सार पठाउन सकिरहेका छैन्न ।
त्सस्तै अर्काे बिओपी कर्मामा छ जाेसंग सटेका घन्चाैरा, कुशहवा-बढनी, सतभरा लगायतका गाउँ हुँदै व्यापक मात्रामा
मलखाद , मुर्गा, सिध्रा , कपडा ,किराना , माेटरपार्टस , दाल , चना, ओैषधिसमेत तस्करी भई आउनेक्रम जारी छ तर साे क्षेत्मा राजस्व गस्तीकाे जिम्मा पाएका सशस्त्र प्रहरी निरिक्षक बिर्खबहादुर भण्डारीले एउटा पनि चेकजाँच बिट नबनाएर तस्करहरुलाई खुला निम्तो दिईएकाे छ । पटक पटक जानकारी गराउंदा पनि प्रहरी निरिक्षक भण्डारीले कुरा वंग्याई भेटघाट गर्न बाेलाउन थाल्छन । त्यस्तै निष्क्रिय छन प्रहरी चाैकी कुशहवा र कर्मा । प्राय: जसाे बुद्धवारिये काेटिया-बढ्नी बजारमा सेटिङ्ग मिलाउन व्यस्त यी प्रहरी चाैकीका प्रमुख आफै नाकासम्म पुगेर अवैध मालसामान सुरक्षित भित्रिन दिन्छन ।

नेपाल-भारत बार्डरकाे प्रत्येक पांच किलाेमिटर क्षेत्रफलका लागि बिओपी स्थापना गरिएकाे छ तर साना खुला नाकामा सशस्त्र खटेकै छैन । जनशक्तिकाे कमजाेरी देखाई उछिन्न खाेज्ने कार्य मात्र गरिरहेका छन बिओपि प्रमुखहरु । भन्छन जनश्रकती नै छैन्न पठाओैं कसरी ? नियमित पेट्राेलिङ्ग तथा चेकजाँच बिट समेत नभएकै कारण तस्करी जिल्लाभरि माैलाएकाे सराेकारवालाकाे भनाई छ । हालका समयमा जिल्लाभित्र तस्करी उत्कर्षमा छ । मलखाद अहिले किसानलाई आवश्यक छैन तरपनि तस्करी भई प्लाईउड फ्याक्ट्रीमा ग्लु प्रयाेगका लागि जाने गरेकाे स्राेतले जनाएको छ । त्यस्तै अन्य मालसमान हुलाकी बाटाे हुँदै नजिकका बजारमा डम्प हुन्छन र पछि ठुला शहरसम्म पुग्ने गरेका छन ।

धेरै कमेन्ट गरिएका