बुद्धभुमी जेसीजद्वारा निशुल्क आँखा जाँच शिविर सम्पन्न

गाेरुसिंगे , कार्तिक ३ । बुद्धभुमी जेसीजका युवाहरुकाे अगुवाई तथा ताैलिहवा आँखा अस्पतालकाे सहयाेगमा निशुल्क आँखा जाँच शिविर कार्यक्रम सम्पन्न भएकाे छ ।
शुक्रबारको दिन बुद्धभुमि जेसीजको आयोजना तथा तौलिहवा आँखा अस्पतालको प्राविधिक सहयोगमा महिला पुरुष गरी कुल ३४६ जना बिरामीहरूको निशुल्क आँखा परिक्षण गरिएकाे बुद्धभुमी जेसीजका वर्ष २०२४ का अध्यक्ष जेसी थानेश्वर अर्याल ‘अच्युत’ ले जानकारी गराउनुभएकाे छ ।
ती मध्ये कुल ६४ जनाको आँखामा मोतियाबिन्दु फेला परेको थियो जसको उपचार आउँदो बुधबार तौलिहवा आँखा अस्पतालमा हुने अध्यक्ष अर्यालले बताउनुभयो ।
शिविरकाे व्यवस्थापनमा महत्वपूर्ण भुमिका निर्वाह गरेका बुद्धभुमि जेसीजका वर्ष २०२४ का कोषाध्यक्ष जेसी भुवन मरासिनी आफू विविध कारणले उपस्थित हुन नसकेपनि दायित्व निर्वाह गरि कार्यक्रम सफल बनाएका सम्पुर्ण टीमलाई बधाई दिनुभएकाे छ ।
शिविर पुगेका स्थानीय बृद्धबृद्धाले घरदैलोमै आँखा जाँच गराउने अवसर पाउंदा बुद्धभुमि जेसिजलाई धन्यवाद दिदै अगामी दिनहरुमा थप यस्तै सामाजिक कार्यक्रमहरु गर्न सुझावसमेत दिएका थिए ।