नेपालका तीन चेकबिट छलेर भारत पुगेकाे चरेस एसएसबीले समात्याे

सेयर गर्नुहोस

कपिलवस्तु, कार्तिक १ । जिल्लाकाे कृष्णनगर भन्सार हुँदै तीनवटा चेकबिट छलेर पारी भारत पुगेकाे एक किलाे चरेस एसएसबीले समातेकाे छ ।
जिल्लाको कृष्णनगरसंग सटेको भारतीय बजार बढ्नी बाट भारतीय सीमा सुरक्षा बल (ssb) ले १ किलो चरेस सहित महिला पक्राउ गरेको छ।
नेपालको बाटो हुदै भारत जाने क्रममा शंका लागि चेकिंग गर्दा महिलाको साथबाट २ पोका चरेस लासुनमा भेटिएको प्रत्यक्षदर्शीले बताएका छन ।
भारतीय आधार कार्डमा महिलाको नाम मिना रहेको गाँउ डडवा पोष्ट मऊ, बासी, सिद्धार्थनगर उल्लेख रहेको छ।
कृष्णनगर नाकाबाट बर्सेनि चरस समातिदै आए पनि चरसको कारोबारी को मनोबल भने कमजोर नरहेको स्पष्ट देख्न सकिन्छ। नेपाल बाट लुकाई छिपाई कृष्णनगरको रुट तथा अन्य भित्रि बाटो प्रयोग गरि चरेस लगिने गरिएको छ।
५० वी वाहिनी एसएसबी का विकास दीप सिंह कार्यवाहक कमांडेंट को दिशा निर्देश अनुसार हिजाे २: ३० बजेको समयमा निरीक्षक भूपेंद्र राम, सहायक उप निरिक्षक अनंता बोरा, मुख्य आरक्षी पंकज कुमार सिंह, आरक्षी रामेश्वर यादव, आरक्षी (महिला) प्रियंका भारती व मीनाक्षी कुमारीको टिमले उक्त महिला लाई चरेस सहित पक्राउ गरि आवश्यक कार्यवाही अगाडि बढाइएको छ।
नेपाल वारिका सुरक्षाकर्मी भारतबाट नेपाल आउने व्यक्तिलाई मात्र चेकजाँच गर्ने गरेकाले लागू ओैषध लगायतकाे ओेसारपाेसार बढेकाे सराेकारवाला बताउँछन् ।

Facebook Comments Box