ट्याक्टरमा लोड गरिएको सिसौंका गोलिया सहित आरख पक्राउ

सेयर गर्नुहोस

कपिलवस्तु – कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ६ जुडपनीयाबाट ट्याक्टर सहित स्थानीय दुर्गा प्रसाद आरखलाई वनका कर्मचारीले पक्राउ गरेको छन ।

 

अवैध रूपमा सिसौंको काठ ओसारपसार गर्दै गरेको अवस्थामा आइतबार बेलुका ६ बजे लु ३ त २२९१ नम्बरको ट्याक्टरमा १० थान सिसौंको गोलिया काठ लोड गरिएको अवस्थामा आरखलाई पक्राउ गरिएको वन अधिकृत वली मोहम्मद खानले बताउनु भयो ।

 

पक्राउ परेका आरख र ट्याक्टरलाई डिभिजन वन कार्यालय, गौतम बुद्धमा राखिएको छ । डिभिजन वन कार्यालयले अवैध काठ ओसारपसारको विषयमा थप अनुसन्धान गरिरहेको वन अधिकृत खानले जानकारी दिनुभयो ।

 

सिसौंको काठको चोरी तथा तस्करी भैरहेको सूचनाको आधारमा उक्त काठ र ट्याक्टर पक्राउ गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

 

चाड पर्व मौका छोपेर वन तस्करहरु सक्रिय भएको हुन सक्ने अनुमान गरिएको छ । डिभिजन वन कार्यालय गौतम बुद्धले अवैध काठ तस्करीमा संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments Box