ललितपुरकाे खाेकनामा सिकाली जात्रा मनाइयाे
काठमाण्डाै – ललितपुरको खोकनामा सिकाली जात्रा मनाइएको छ । दशैँको घटस्थापनादेखि शुरू हुने सिकाली जात्रा फूलपातीका दिनसम्म मनाइन्छ । खोकनावासीले दशैँको सट्टा सिकाली जात्रा मनाउने गर्छन् ।
स्थानीयवासी सिकाली चौरमा रहेको मन्दिर वरिपरि भेला भएर यो जात्रा मनाउँछन् । यो जात्राको अवसरमा उनीहरूले कुल देवताको पूजा गर्छन् । उनीहरूले श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्य पनि गर्छन् । खोकनावासीले टीकाटालो नगरी आफ्नै परम्परा र मौलिकतामा यो जात्रा मनाउँछन् ।
स्कन्दपुराणको माघ माहात्म्यमा उल्लेख भएअनुसार दक्षप्रजापतिको यज्ञलाई महाकाली र वीरभद्र लगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई समेत तितरबितर पारेको कथाको आधारमा सिकाली जात्रा गरिन्छ ।
Facebook Comments Box
