अख्तियारमा भष्ट्राचारको उजुरी : कृष्णनगर नगरपालिका देशको सातौँ स्थानमा

कपिलवस्तु असोज १८ गते अख्तियार दुरुपयोग र भ्रष्टाचारको मामलामा स्थानीय सरकार निकै अगाडि देखिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्क अनुसार पोखरा महानगरपालिका र काठमाडौँ महानगरपालिकामा बढी भ्रष्टाचार हुने गरेको छ । देशको टप १० मा कपिलवस्तुको कृष्णनगर नगरपालिका समेत परेको छ । कृष्णनगर सातौँ स्थानमा रहेको छ ।
पचरौता नगरपालिका तेस्रो , सुवर्ण गाउँपालिका चौथो र जनकपुर उपमहानगरपालिका पाँचौँ स्थानमा रहेका छन् । छैटौँमा छिपहरमाई गाउँपालिका, सातौँमा कृष्णनगर नगरपालिका, आठौँमा जलेश्वर नगरपालिका, नवौँ स्थानमा राजपुर नगरपालिका र १० औँ स्थानमा हेटौँडा उपमहानगरपालिका रहेको आयोगको ३४ औँ वार्षिक प्रतिवेदन ९२०८०र०८१० ले देखाएको छ ।
Facebook Comments Box