विजयनगरमा स्यालको टोकाइ बाट १० जना घाइते

कृष्ण पौडेल विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिका -३ पत्थरदेइया र माहादेइया गाउँमा विहिबार स्यालले टोक्दा १० जना घाइते भएका छन्।
स्यालको टोकाइ बाट पत्थरदेइया बस्ने वर्ष १२ का माहाजार आलम , वर्ष ५२ कि राजमति कोरी , वर्ष ५५ का जगनाथ अहिर, वर्ष ५० का भोला पासी , वर्ष १२ का कृष्ण यादव किसन , र माहादेइया गाँउका वर्ष ५० का वव्बु केवट , वर्ष ३५ का शिवकुमार यादव , वर्ष ५० का मुन्नालाल चौधरी, वर्ष १५का अर्जुन यादव र कृष्णनगरका एक व्यक्ति समेत रहेको इलाका प्रहरी कार्यालयका गणेशपुरका प्रहरी निरीक्षक हर्स बाहादुर चन्दले जनाएका छन् ।
स्यालले टोकेपछि लगाइने रेबिज विरुद्धको खोप शिवराज अस्पताल बाहादुरगंजमा अभाव भए पछि ४ जनालाई बुटवल पठाइएको छ र बाकि लाई बाहादुरगंज अस्पातालमा खोप लगाइएको छ । घाइते हरुको अवस्था सामान्य रहेको छ ।
Facebook Comments Box