कृष्णनगर प्रहरीकाे ‘ईक्युप्ड-एक्सन टीम’ चाैबिसै घण्टा सेवामा तत्पर

सेयर गर्नुहोस

अंकुश श्री
कपिलवस्तु ,असोज १६ । जिल्लाको कृष्णनगर क्षेत्रका गतिविधिलाई निगरानीका लागि गठित ‘इक्युप्ड रैपिड एक्सन टीम’ ले चाैबिसै घण्टा सेवा प्रवाह गर्ने भएकाे छ ।
आज पुरानाे बसपार्कमा इलाका प्रहरी कार्यालय कृष्णनगरले नागरिक सहायता कक्ष स्थापना कार्यक्रममा चार जना प्रहरीलाई बाइकमा लाइभ क्यामरासहित आफ्नो मताहत क्षेत्रका बजार लगायत सिमाना सम्बन्धि गतिविधि निगरानीका लागि टाेली परिचालन गरिएकाे प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिनुभएकाे छ ।

जिल्लाकाे प्रमुख भन्सार नाका कृष्णनगर हुदैं बर्सेनि लाखौं नागरिक आवत जावत गर्छन्। दशै तिहार तथा छठमा नेपाली नागरिकहरू आ आफ्नो घर फर्किएर चाडपर्वमा आफन्तजन संग दशै तिहार मनाउने गर्छन। सोही कुरालाई मध्य नजर गर्दे भारत लगायत अन्य मुलुक बाट कृष्णनगर भन्सार हुदैं नेपाल भित्रिने नेपालीलाई आवश्यक सहायता तथा सहजता उपलब्ध गराउने उद्देश्यले नागरिक सहायता कक्ष स्थापना गरिएको प्रहरी निरिक्षक खत्रीले बताउनुभयाे।
कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष कृष्ण कुमार गुप्ताले भारत बाट दशै तिहार मनाउन आउने नेपाली लाई सहजता उपलब्ध गराउने उद्देश्यका साथ स्थापना गरिएको नागरिक सहायता कक्ष इलाका प्रहरी कार्यालय कृष्णनगरको सराहनीय कदम रहेको बताउदै कुनै पनि बहानामा नेपाली नागरिक ठगिनु हुन्न भन्ने धारणा राख्नु भयो।
नागरिक सहायता कक्ष स्थापना कार्यक्रममा सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेंद्र न्यौपाने, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खां, आफन्त नेपालका क्षेत्रिय संयोजक केशर विश्वकर्मा, वडा सदस्य राहुल मोदनवाल, शान्ति पुनर्स्थापना गृहकी सुमित्रा भण्डारी, प्रहरी वरिष्ठ नायब निरिक्षक महेन्द्र पोखरेल, निलकण्ठ ढकाल, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार, होटल व्यवसायी लगायतको उपस्थित रहेको थियो।

Facebook Comments Box