दाउन्नेमा सडक भासियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

सेयर गर्नुहोस

काठमाडौं : नवलपरासीको जङ्गलमा बाटो भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा सोमबार साँझ ५ बजेतिर सडक भासिएको हो।

सडक भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए। उनका अनुसार सडक अनुमानित डेढ फिट भासिएको छ।

बुटवल–नारायणगढ निर्माण हुँदै गरेको सडकको ‘रिटर्निङवाल’ चर्केर विद्युतको ‘हाइटेन्स पोल’ पनि सडकमा ढलेको प्रहरी नायब उपरीक्षक बोहराले बताए। बाटो खुलाउनका लागि सडक डिभिजन, विद्युत् कार्यालय नवलपरासीले प्रयास गरिरहेको उनले जानकारी दिए।

यसैबीच सड्क भासिएर अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सड्कको मर्मत शुरू भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले बताए।

राति साढे ११ बजेदेखि मर्मत शुरू गरेको उनले जानकारी दिए। मंगलबार बिहानसम्म मर्मत सम्पन्न गरी नियमित सडक सञ्चालन गर्नेगरी काम भइरहेको प्रहरी उपरीक्षक फुयालले बताए।

Facebook Comments Box