विजयनगर गाउँपालिकाको (एसईई) को ग्रेड वृद्धि (पूरक)परीक्षामा ७२ प्रतिशत् विद्यार्थी उत्तिर्ण

विजयनगर,माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षामा विजयनगर गाउँपालिकाबाट ७२ प्रतिशत् विद्यार्थी उत्तिर्ण भएका छन् । २०८१ साउन २३ गते बाट सुरु भई साउन ३१ गते सम्म संचालन भएको (पुरक ) परिक्षामा विजयनगरबाट २३२ विद्यार्थी सहभागी मध्ये १६८ जना उत्तिर्ण भएको विजयनगर गाउँपालिका शिक्षा शाखा प्रमुख हरिहर बेल्वासेले जानकारी दिए ।
विद्यालयगत नतिजाहरू यस प्रकार छन्:
१. श्री दुधाधारी मावि: ८५ विद्यार्थीमध्ये ७४ जना उत्तीर्ण भई ८७% नतिजा हासिल भयो।
२. श्री जन जागृति मावि: ८ जना सहभागीमध्ये सबै विद्यार्थी उत्तीर्ण भई विद्यालयले १००% नतिजा प्राप्त गर्यो।
३. श्री नेपाल तारा मावि: २० विद्यार्थी सहभागी भएकोमा १६ जना उत्तीर्ण भई विद्यालयको उत्तीर्ण प्रतिशत ८०% रह्यो।
४. श्री लोटन राम द्रोपदी मावि: ३० विद्यार्थीमध्ये २४ जना सफल भई विद्यालयको नतिजा ८०% रह्यो।
५. भुवनेश्वरी मावि: ६३ विद्यार्थी सहभागी हुँदा ३१ जना मात्र उत्तीर्ण भए, जसले गर्दा नतिजा ४९% मा सीमित रह्यो।
६. शिव मावि: २६ विद्यार्थी सहभागी भई १५ जना उत्तीर्ण भए, जसले ५७% नतिजा प्राप्त गर्यो।
समग्रमा, विजयनगर गाउँपालिकामा (एसईई) पुरक परीक्षामा उत्साहजनक सुधार देखिएको छ। यद्यपि, केही विद्यालयहरूले औसतभन्दा कम नतिजा हासिल गरे पनि, समग्रतामा गाउँपालिकाको शैक्षिक गुणस्तरमा सुधारको सङ्केत देखिन्छ।