दयनिय अवस्थामा ‘धार्मिक’ पशुपति शिक्षा मन्दिर
असाेज ४/
कपिलवस्तु । विगत १९ बर्षदेखि जिल्लामा संचालनमा रहेकाे एकमात्र पशुपति शिक्षा मन्दिरकाे आर्थिक अवस्था दयनिय बन्दै गएकाे छ ।
शिक्षाका माध्यमले हिन्दु धर्म संस्कृति जागेर्ना गर्ने उद्देश्यका साथ २०६२सालमा सार्वजनिक शैक्षिक गुठीमा दर्ता भई हालसम्म स्थानीयकाे न्युनतम आर्थिक सहयाेगले महाराजगन्ज ६ सानाे बुटहनिया संचालनमा रहेकाे पशुपति शिक्षा मन्दिरलाई हालसम्म स्थानीय तह , प्रदेश र संघले कुनै प्रकारकाे अनुदान दिएकाे छैन ।
हिन्दु धर्म संस्कृति तथा आधुनिक विषयसमेत समेटी शिक्षा दिदै आएकाे याे विद्यालयमा सरस्वती वन्दनाबाट कक्षारम्भ हुन्छ भने महाभारत, रामायण लगायतका धर्मग्रन्थबारे शिक्षण गरिन्छ ।
धार्मिक तथा पराम्परागत विद्यालयहरु यस बर्ष एकमुष्ठ ३ लाख अनुदान पाउनेछन । विगतका बर्षमा २लाख ४१ हजार अनुदान पाउने गर्थे । सार्वजनिक शैक्षिक गुठीमा दर्ता भएका अन्य विद्यालयले अनुदान पाउने तर पशुपति शिक्षा मन्दिरले नपाउने गुनासाे प्रअ बासदेव प्रसाद बढईले गर्नुभएकाे छ । उनले अन्य जनप्रतिनिधिहरुले समेत सम्बन्धित निकायमा हुने पहलसम्म नगरेकाले विद्यालय चलाउन आर्थिक समस्या हुने गरेकाे बताए ।
महराजगंज नगरपालिकाभित्र संचालित कुल ३८ वटा धार्मिक र पराम्परागत विद्यालय मध्ये हिन्दु धर्म संस्कृतिबारे शिक्षा दिईरहेकाे यस धार्मिक विद्यालयलाई अनुदानबाट के-किन बन्चित गरिएकाे स्थानीयहरुकाे प्रश्न थियाे । विगत १९ बर्षदेखि संचालन रहेकाे विद्यालय अहिलेसम्म आफ्नाे जग्गासमेत नभएकाे साथै आर्थिक समस्याले व्यवस्थापन पक्ष कमजाेर हुदै गएकाे प्रअ बढईले बताउनुभएको छ ।