सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा गिरी निर्विरोध निर्वाचित
काठमाडौँ । सामुदायिक रेडियो प्रसारक संघ नेपालको अध्यक्षमा अर्जुन गिरी निर्विरोध निर्वाचित भएका छन् । शनिबार संघको अध्यक्षमा गिरी निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा गोविन्द देवकोटा, महासचिवमा वन्दना दनुवार, उपाध्यक्षहरू नवीन नरसिंह नेपाली, गोपाल बराइली, सचिवमा भक्त स्याङ्तान, लेखा समिति संयोजकमा संगीत बस्याल, सदाचार समिति संयोजकमा टिकाजंग थापा निर्विरोध निर्वाचित भएका छन् ।
केही केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश अध्यक्षसहितका पदाधिकारी र समिति सदस्यहरू निर्वाचित हुन बाँकी रहेको बताइएको छ ।
Facebook Comments Box
