झापामा छुरा प्रहार गरी युवकले गरे प्रेमिकाको हत्या

सेयर गर्नुहोस

काठमाडौं : झापाको अर्जुनधारा नगरपालिका-६ बिर्तामोडमा एक युवकले छुरा प्रहार गरी युवतीको हत्या गरेका छन्।

कैलाली गौरीगङ्गा नगरपालिका-३ बस्ने २० वर्षीय अनिल विकले इलामको सूर्योदय नगरपालिका-१० फिक्कल घरभई बिर्तामोडमा बस्ने १९ वर्षीया मनीषा लोहारको मृत्यु भएको हो। प्रेमिका मनिषालाई अनिलले शुक्रबार साँझ छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

छुराप्रहारबाट गम्भीर घाइते भएकी मनिषाको उपचारको क्रममा मृत्यु भएको हो। युवकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box