यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना
काठमाडौं : कोशी र मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा शनिबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।
नेपालमा अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसापसमा छ।
Facebook Comments Box
