ब्राउन सुगरसहित दुई जना पक्राउ
कपिलवस्तु, कृष्णनगर /भदौ २७ । लागु औषध ब्राउन सुगर सहित दुई जना कृष्णनगर प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ लिंक गेट स्थित बाट ५०५ मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो र मोटरसाइकिल सहित दुई जना ईलाका प्रहरी कार्यालय कृष्णनगरको नियन्त्रणमा रहेका छन्।
भारत बाट नेपाल छिर्न लागेका लु. ९४ प. १४७१ नम्बर प्लेटको मोटरसाइकिल शंकास्पद देखिएपछि चेकजांच गर्दा मोटरसाइकिल चालक कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ६ बस्ने ३६ बर्षिय कलाम अहमद खां र मोटरसाइकिलमा पछाडि सवार शिवराज नगरपालिका वडा नं ६ बस्ने बर्ष २२ का अजय यादवलाई लागु औषध ब्राउन सुगर खैरो धुलो पदार्थ ५०५ मिलिग्राम भेटिएपछि थप अनुसन्धान प्रक्रिया बढाइएकाे ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएका छन्।
दुबै जनालाई मोटरसाइकिल सहित पक्राउ गरि लागु औषध ब्राउन सुगर मुद्दामा कपिलवस्तु जिल्ला अदालतबाट म्यादभई आवश्यक अनुसंधान भईरहेकाे ईलाका प्रहरी कार्यालय कृष्णनगरले जानकारी दिएको छ।
प्रहरी निरिक्षक सुरज खत्री आए देखिनै अबैध कारोबार नियन्त्रण तथा लागु औषधमा संलग्न व्यक्ति लाई पक्राउ गर्दै समाज लाई लागु औषध मुक्त बनाउन विभिन्न समयमा विद्यालयका विद्यार्थी तथा समाजका व्यक्ति माझ विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएका छन । अहिले विशेष अभियान नै संचालन गरि लागू ओैषध ओसारपसार गर्नेहरुकाे संजाल भत्काउा लागि परेका छन ।
