जिल्ला अस्पताल हुम्लामा बिरामीको चाप बढ्यो

सेयर गर्नुहोस

सिमकोट : हुम्ला जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ। मौसमी संक्रमणका बिरामी बढ्दा अस्पतालमा चाप बढेको अस्पतालले जनाएको छ।

मौसमी बिरामीको चाप बढेसँगै अस्पतालमा बिरामी राख्ने शय्या अभाव भएको चिकित्सक सुनिल पुजाराले बताए। १५ शय्याको क्षमता भएको हुम्ला अस्पतालमा हिजोआज बिरामी बढी भर्ना हुँदा समस्या भएको उनले बताए।

अस्पतालमा आइतबार मात्रै १५० जना बिरामीले उपचार गराएका छन्, जसमा सबैभन्दा बढी ज्वरोका झाडापखाला, निमोनिया र ग्याष्ट्रिकलगायतका बिरामी छन्। सोमबार साँझ ४ बजेसम्म ९० बिरामीको उपचार गरेको अस्पतालले बताएको छ। पछिल्ला दिनमा मौसमी रुघाखोकी, ज्वरोका बिरामी बढ्ने गरेको पुजाराले बताए।

सदरमुकाम आसपास गाउँका ठेहे, जोदाम, डाँडाफया, धारापोरी, बुराउँसे, बरगाउँ, यांचु, माजा, छिप्रालगायत गाउँबाट जिल्ला अस्पतालमा उपचारका लागि पुग्ने गरेका छन् । बिरामीको चाप बढेको भए पनि औषधि अभाव नभएको अस्पतालले जनाएको छ।

Facebook Comments Box