सुकुम्बासी समस्यालाई समाधान गर्न एकिकृत ऐन आवश्यक छः राज्य मन्त्री विश्वकर्मा
कपिलवस्तु, २० भदौँ ।वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्माले सुकुम्बासीको समस्यालाई समाधान गर्न एकिकृत ऐन बनाउन आवश्यक रहेको बताएकी छन् । बिहिबार गृह जिल्ला आएकी राज्यमन्त्री विश्वकर्माको विजयनगर गाउँपालिकाको वडा नम्बर १ भगीराममा गरिएको स्वागत कार्यक्रमममा यस्तो बताएकी हुन् । उनले भूमि व्यवस्था र वन व्यवस्था ऐनहरु बाझिएकोले सुकुम्बासीको समस्या जस्तोको त्यस्तै भएको जिकिर गरिन् ।
उनले सुकुम्बासीलाई लालपुर्जा दिएर जग्गाधनी बनाउने प्रणय रहेको बताउँदै पटक–पटक सुकुम्बासीलाई लालपुर्जा दिने काम भयो तर कार्यान्वयन नुहुँदा जस्तोको त्यस्तै समस्या भएकोले आवश्यक एकिकृत ऐनहरु बनाएर अगाडी बढ्ने प्रतिबद्धतासमेत जनाइन् । सम्बन्धित मन्त्रालयहरुबीच बाझिएका ऐनहरुको विषयमा पहल गरिरहेको राज्यमन्त्री विश्वकर्माको भनाई छ ।
यसैक्रममा राज्मन्त्री विश्वकर्माले गठबन्धन सरकारले जनताको आकांक्षा पुरा गर्ने बताएकी छन् । उनले दुई ठुला पार्टीको गएर बनेको सरकार भएकोले जनताले जुन विश्वास र आशा लिएका छन्, त्यही अनुसार मन्त्रीहरु कममा लागेको बताइन् ।
केपी शर्मा ओली सिन्सियर र डेडीकेटेड नेता पाएको बताउँदै कुनै पनि विषयमा यो र त्यो बहानामा उम्किने पाउने छुट कसैलाई नभएको उनले बताइन् । उनले त्यही अनुसार अठोटका साथ काम गर्न लागिपरेको बताउँदै स्थानीय र संघीय सरकार मिलेर काम गरिरहेको बताइन् ।
विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले जिल्लाको सबैभन्दा विकट मानिएको विजयनगर गाउँपालिकाको हरेक विकासको कामलाई प्राथमिकतामा राखेर अगाडी बढ्न आग्रह गरेका छन् । उनले सडक, पुल खानेपानी, तटबन्ध, खेलकुद मैदानको विषयको विकासमा पहल गर्न राज्यमन्त्री विश्कर्मालाई ध्यानाकर्षणसमेत गराएका छन् । अध्यक्ष थापाले सुकुम्बासीका बाझिएका ऐन, कानुनहरुलाई सहज बनाउने विषयमा आवश्यक कदम चालेर सहज बनाई जग्गाधनीलाई लालपुर्जा दिलाउने कार्यमा पहल गर्न अनुरोध गरे ।
यसैबीच भगीरामपुर समाजले डिपीआर भएको गौरीघाटको रुपा मोटरेवल पुल निर्माण, भगीरामपुर चोकदेखि मधनगर हँुदै जवावैराठ जाने बाटो करिब ८ कि.मि. सडक कालोपत्रे, भगीरामपुर चिराई खोला तटबन्ध निर्माण, आधारभूत स्वास्थ्य सेवा केन्द्र वनखेतमा बाउन्ड्री वाल निर्माण, रामपुर खेलमैदान तथा बौद्ध गुम्बा स्थलमा पार्क निर्माण, दीपज्योति बाल विकास केन्द्र हनुमाननगरको लागि प्रा.वि. संचालन गर्न भवन निर्माण, गौरीघाटदेखि भगीरामपुर, श्रीरामपुर, वनखेत हुँदै नयाँबस्तीसम्म करिव ५ कि.मि. सडकलाई कालोपत्रेको माग गर्दै राज्यमन्त्री विश्वकर्मालाई ज्ञापन–पत्रसमेत बुझा
एको छ ।
