कृष्णनगरबाट लागुऔषध चरेस र अबैध भारतीय रुपैयाँ सहित दुई जना पक्राउ
कृष्णनगर, कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट प्रहरीले १.४४ किलोग्राम लागुऔषध चरेस जस्तो देखिने पदार्थ सहित एक महिलालाई पक्राउ गरेकाे छ । प्रहरीले शिवराज नगरपालिका-१ चैनपुर बस्ने ६४ वर्षीय कलिसरा पुनलाई उक्त लागुऔषधसहित पक्राउ गरेकाे हाे ।
यस्तै प्रहरीले अनुसन्धान गर्ने क्रममा लागुऔषध खरिद गर्न भारतबाट आएका भिमसेन खत्रीलाई समेत पक्राउ गरेकाे छ । रूकुम पश्चिम बाफिकोट गाउँपालिका-७ बस्ने ४० वर्षीय खत्रीलाई भारतीय रुपैयाँ १ लाख १० हजार सहित कृष्णनगर- २ पुरानो बसपार्कबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।
पक्राउ परेका दुबैलाई जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरि अनुसन्धान भइरहेको उनले बताए ।
Facebook Comments Box
