नेपाल र भारतबीचको सम्बन्ध कसैले तोड्न सक्दैन : मुख्यमन्त्री सिंह

सेयर गर्नुहोस

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सीमाले नेपाल र भारतबीचको सम्बन्धलाई कसैले छेकवार गर्न नसक्ने बताएका छन्।

आइतबार जनकपुरधाममा नेपाल फाउन्डेशनले आयोजना गरेको ‘नेपाल-भारत सम्बन्धमा युवाको भूमिका’ विषयक एकदिने कार्यशालामा बोल्दै मुख्यमन्त्री सिंहले दुई देशबीचको जनस्तरमा कायम सामाजिक/सांस्कृतिक सम्बन्धलाई सीमाले रोक्न नसक्ने बताएका छन्।

सम्बन्धलाई अझ बढि सुदृढ र सकारात्मक बनाउन युवा वर्गले भूमिका खेल्नुपर्ने मुख्यमन्त्री सिंहले बताए।

राजनीतिक रूपमा दुई देशबीचको सम्बन्धमा उतार चढाव आए पनि सामाजिक र सांस्कृतिक सम्बन्धले त्यसलाई अटुट राख्ने मुख्यमन्त्री सिंहले विश्वास व्यक्त गरे।

त्यसैगरी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले दुई देशबीच राम्रो सम्बन्ध खोज्नेलाई यहाँ ‘भारतीय दलाल’ भन्ने गरिएकोमा दुःख व्यक्त गरिन्।

उनले भारत विश्वस्तरमा आफ्नो स्थान बलियो बनाउन लागेको र त्यसबाट नेपालले लाभ लिन सक्नुपर्ने चर्चा गरे। अहिले सुशासन र विकासको युग सुरु भएकाले दुवै देशले त्यसतर्फ काम थाल्नुपर्ने बताइन्।

उनले असमानता, विभेदीकरण विरुद्ध नेपालको नेतृत्व वर्गले पनि गम्भीरतापूर्वक काम गर्नुपर्ने सुझाव दिए।

Facebook Comments Box