ठाकुर गैरे र ईश्वरी न्यौपाने सभापति बन्दै

सेयर गर्नुहोस

काठमाडौं : प्रतिनिधिसभाका दुई संयुक्त समितिको बैठक आज बस्दै छ। बैठकले सभापति चयन गर्ने कार्यसूची छ।

दुई संयुक्त समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भइसकेको छ। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा नेकपा एमालेका सांसद ठाकुर गैरेको उम्मेदवारी परेको छ ।

संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको हो। कांग्रेस एमालेको सत्ता गठबन्धनमा भागवण्डा अनुसार एक एक समितिको सभापति पाउने सहमति भएको छ। दुवै समितिको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।

Facebook Comments Box