पहिरोले बेनी-दरबाङ सडक अवरुद्ध
काठमाडौं : पहिरोले म्याग्दीको सदरमुकाम जोड्ने बेनी-दरबाङ सडकमा यातायात अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, बेनी-दरबाङ सडक अन्तर्गत मंगला गाउँपालिका-२,स्थित पानाबगर र खहरे खोलाको बिच भागमा शुक्रबार साँझ पहिरो खसेको हो।
शुक्रवार साँझ पहिरो खसेको र अहिले सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिए। बेनी नगरपालिका-४,र मंगला गाउँपालिका-२,को सिमानामा पर्ने फापरखेत तथा मालिका गाउँपालिका-६,स्थित बाङ्गे पहिरोमा खस्ने पहिरोले पटक-पटक सडक अवरुद्ध हुने गरेको छ।
बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध हुँदा जिल्लाका धवलागिरि, मालिका र मंगला गाउँपालिकासहित बागलुङको पश्चिम भेगका सर्वसाधारण प्रभावित भएका छन्।
Facebook Comments Box
