१३ बैशाख २०८१, बिहीबार

प्रेस क्लब द्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


प्रिन्स मिश्रा कृष्णनगर ,कपिलवस्तु
बडादशै शुभ दिपावली तथा छठ पर्बको अवसरमा प्रेस क्लब ऑफ़ कृष्णनगर द्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । दशैं तिहार छठ पर्बको अवसरमा नेपालको इतिहासमा ठाउँ नपाएको इतिहासिक ठाउँ आजिगरा तालमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको प्रेस क्लब ऑफ़ कृष्णनगरका अध्यक्ष अंकुश कुमार श्रीवास्तवले जानकारी दिनुभएको छ । अजीगरा तालमा लामो समय लगाएर हिमशृंखला पार गरी आएका चराहरु तालमा रमाउँछन तालमा चराका तस्बीर खिच्न पनि धेरै मान्छे यहाँ आउने गर्दछन । चरा हेरेर शान्तिको अनुभूति भएको स्थानीयले बताउछन , अध्यक्ष श्रीवास्तवले भने अजीगरा ताल त चराको उर्वरभूमि रैछ , चराको रोजाइमा अजीगरा ताल पनि पर्न थाल्यो । त्यही भएर ताल नजिकका झाडी र घाँसे मैदान संरक्षण गर्नु जरुरी छ ।
कार्यक्रममा प्रेस क्लब ऑफ़ कृष्णनगरका अध्यक्ष अंकुश कुमार श्रीवास्तव , मनिष गुप्ता ,अनेक पाण्डेय ,निरहू यादव ,प्रिन्स मिश्रा , कौशल किशोर यादव ,रामप्रकाश चौधरी ,कमलेश चंद्र गुप्ता , अजय मिश्रा ,रमाशंकर तिवारी , महेंद्र धोबी , प्रतिमा गुप्ता , सतेंद्र मिश्रा , लगायतको उपस्तिथि थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट