२५ मंसिर २०८१, मंगलवार

विमान दुर्घटना : ऊर्जामन्त्रीद्वारा मृतकका परिवारलाई भेटेर समवेदना व्यक्त

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सौर्य एयरलाइन्सको हवाईजहाज दुर्घटनामा निधन भएका परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

मन्त्री खड्काले आज विमान दुर्घटनामा परेर निधन भएका मृतकका परिवारलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भेटेर समवेदना प्रकट गर्दै दिवङ्गत भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनले त्रिवि शिक्षण अस्पतालका चिकित्सकलाई भेटेर चाँडो शव परीक्षण तथा पहिचान गरी आफन्तलाई शव बुझाउन आग्रह गरे।

उक्त दुर्घटनामा परेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सहायक कम्युटर अपरेटर प्रिजा खतिवडाको समेत मृत्यु भएको छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट