२२ भाद्र २०८१, शनिबार

विमान दुर्घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न एमालेको माग

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले शोक विज्ञप्ति जारी गरी अकल्पनीय एवं भयावह दुर्घटनामा परी आफ्नो जीवन अर्पण u/]sfप्रति पार्टीकोतर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

उनले दुर्घटनाको निष्पक्ष छानबिन गर्न, दोषीउपर कारबाही, घाइतेको उपचार, मृतकको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

आज बिहान काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९-एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको हो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट