१३ बैशाख २०८१, बिहीबार

टुर एण्ड ट्रवल्सद्वारा शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न



कृष्णनगर, असाेज २४ । कृष्णनगर टुर एण्ड ट्रवल्स एसाेसियसनकाे अायाेजनामा दशैं,तिहारकाे अवसरमा शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ।
एसाेसियसनका संयाेजक रवि शाहकाे अध्यक्षतामा स्थानिय बुद्धिजीवी ,संघसंस्थाका प्रतिनिधि , उद्योग वाणिज्य संघ कृष्णनगरका पदाधिकारी लगायतकाे उपस्थितिमा शुभकामना अादान प्रदान कार्यक्रम अायाेजना गरिएकाे थियाे ।
कार्यक्रममा नेपाल र भारतका स्थानीय जनप्रतिनिधि , संघसंस्था प्रतिनिधि, संचारकर्मी तथा कृष्णनगर टुर एण्ड ट्रवल्सका पदाधिकारी लगायतले अाफ्नाे शुभकामना मन्तव्य राखेका थिए । दुवै देशमा विद्यमान राजनितिक, समाजिक, संस्कृतिक सम्बन्धलाई नियाल्दै वक्ताहरुले टुर एण्ड ट्रवल्स सेवाका माध्यमले पनि अापसी सम्बन्धमा मजबुती अाउने बताएका छन ।
कार्यक्रममा भारत सिद्धार्थनगरका भाजपा युवा माेर्चा अध्यक्ष राजु शाही, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रामकुमार गुप्ता,लायन्स क्लबका दिनेश चन्द्र गुप्ता, जसपा प्रदेश पाँच प्रवक्ता अकरम पठान,पिअारसीका भुमिराज भट्टराई , केअाईनेपालका केसर विश्वकर्मा लगायतकाे उपस्थित थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट