२५ मंसिर २०८१, मंगलवार

नेत्रहीन विश्वकप क्रिकेटका लागि पहिलो चरणमा १९ खेलाडी छानिए

काठमाण्डौ – आउँदो नोभेम्बरमा हुने चौथो टी–२० नेत्रहीन विश्वकप क्रिकेटमा सहभागिताका लागि नेपालले पहिलो चरणमा खेलाडी छनोट गरेको छ । नेत्रहीन क्रिकेट संघ नेपालका अनुसार पहिलो चरणमा १९ जना खेलाडी छनोट गरिएको हो ।

छनोट समितिको सिफारिस अनुसार सुनिल सुवेदी, सागर लामा, भरत चौलागाईँ, दुर्गादत्त पौडेल, प्रेम क्षेत्री, मदन न्यौपाने, प्रविन तामाङ, अमिस गुरागाईँ, भरत थापा र रमेश बानियाँ छानिएका छन् । यसैगरी नरेश चौधरी, सुनिल राना, पदम बडैला, सन्त पहरी, रविन्द्र बोहरा, खेमराज सापकोटा, पदम कार्की‚ युवराज भण्डारी र निश्चल सिवाकोटी पनि पहिलो चरणको छनोटमा परेका छन् ।

चौथो टी–२० नेत्रहीन विश्वकप क्रिकेट नोभेम्बरमा पाकिस्तानमा हुनेछ । सहभागी हुने अन्तिम १५ जना खेलाडीको टुंगो दोस्रो चरणको छनोटबाट लगाइने संघले जनाएको छ । यसअघि तेस्रो नेत्रहीन विश्वकप क्रिकेटको उपाधि आयोजक भारतले जितेको थियो ।

धेरै कमेन्ट गरिएका