१ श्रावण २०८१, मंगलवार

गृहसचिवले गरे ईलाका प्रशासन कार्यालय भवन उद्घाटन

कपिलवस्तु , असार २६ । ईलाका प्रशासन कार्यालयको नवनिर्मित भवन समुदघाटन भएको छ ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले एक भब्य समारोहको बिच समुदघाटन गर्नुभएको हो ।
गृहसचिव एकनारायण अर्यालले भवनकाे सम्पन्नतासंगै सेवा पनि सहज हुनुपर्ने सुझाव दिनुभएकाे थियाे । क्षेत्रीय परिवेश अनुसार कार्य व्यवस्थापन गरि सहकार्यका माध्यमले अगाडि बढ्नुपर्ने गृहसचिव अर्यालकाे भनाई थियाे।

इलाका प्रशासन कार्यालय चन्द्राैटाबाट राहदानी , नागरिकता लगायतकाे सेवा प्रवाह हुने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनु भयाे । साथै हातहतियार दर्ता र संघसंस्था दर्ताकाे सेवा दिन नसकिनेसमेत बताउनभएकाे थियाे।

कार्यालयकाे भवन निर्माणमा सहयाेग गर्ने जग्गादाता लगायत सबै सराेकारलाई धन्यवाद दिदै सेवा प्रवाह सहज बनाई अगाडि बढ्ने बताउनुभयाे । कुल ६ कठा १७ धुर क्षेत्रफलमा निर्माण सम्पन्न भएको भवनको लागत ६ करोड २६ लाख रहेको ईलाका प्रशासन चन्द्रौटाका प्रमुख बाबुराम अर्यालले बताउनुभयो ।

कार्यक्रममा भवन निर्माणका लागि जग्गा दान गरेका दाता रामविलास कुर्मी र रुद्रनारायण कुर्मीलाई सम्मान पनि गरिएको थियाे । समुद्घाटन कार्यक्रमकाे संचालक प्रहरी निरिक्षक सुरज क्षेत्रीले गर्नुभएकाे थियाे ।

 

धेरै कमेन्ट गरिएका

ताजा उपडेट