मोदीलाई पुटिनले दिए रुसको सर्वोच्च नागरिक सम्मान

एजेन्सि ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुसमा सबैभन्दा ठूलो सम्मान गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मोदीलाई रुसको सर्वोच्च नागरिक सम्मान अर्पण गरेका हुन् ।
पुटिनले मोदीलाई ‘अर्डर अफ सेन्ट एन्ड्रयु द एपोस्टल’ को अवार्ड दिएका हुन् । उक्त ठूलो सम्मान मोदीले भारतीय नागरिकलाई समर्पित गरेका छन् । सोमबार रुस पुगेका मोदीले राष्ट्रिपति पुटिनसँग शिखर वार्तामा सहभागीता जनाए । सो क्रममा पुटिनले मोदीलाई युक्रेन संकट समस्याको समाधान निकाल्ने कोसिस गरेकोप्रति आभार प्रकट गरे ।
प्रधानमन्त्री मोदीले एक मित्रको नाताले निरन्तर युद्दको मैदानबाट शान्तिको बाटो ननिस्कने बताएँदै आउका छन् । उनले भनेका छन्, ‘बम, बन्दुक र गोलीबीच शान्ति सम्भव छैन ।’शिखर वार्ताका क्रममा मोदीले पछिल्लो ४०–५० वर्षदेखि भारतले आतंकवादको सामना गरेको बताउँदै आतंकवादी हमलाको पीडा आफूलाई थाहा भएको बताउँदै त्यस्तो आतंकवादको कडा निन्दा गर्ने बताए । मोदीले विश्व शान्तिका लागि पुटिन लाग्नु खुशीको कुरा भएको भन्दै भारत विश्वमा शान्ति बहालीका लागि हरसहयोग गर्न तयार रहेको बताए । मोदीले पुटिनसँग जब ज्यानको नोक्सान हुन्छ तब मानवतामा विश्वास राख्ने हरकोहीलाई दुःख हुने भन्दै यसबारेमा चर्चा गरेको उल्लेख गरेका छन् ।
रुस भ्रमणका क्रममा मोदीले रुसी सेनामा कार्यरत भारतीयहरुलाई भारत फिर्ता पठाउन गरेको आग्रहलाई पुटिनले स्वीकारेको पनि उल्लेख गरिएको छ ।