१ श्रावण २०८१, मंगलवार

त्रिशुली जलविद्युत आयोजना अलपत्र पार्ने चिनियाँ कम्पनी सुईफा ३ वर्षका लागि कालोसूचीमा

काठमाडौं – ३७ मेगावाटको त्रिशुली जलविद्युत् आयोजना अलपत्र पारेको भन्दै चिनियाँ कम्पनी सुईफा एएनएचई गु्रप कम्पनी लिमिटेड कालोसूचीमा परेको छ ।
कम्पनीलाई ३ वर्षको लागि कालोसूचीमा राखिएको हो । यो कम्पनी कालोसूचीमा राखिएको अवधिभर नेपालमा कुनै पनि सार्वजनिक खरिदमा भाग लिन पाउने छैन् । त्रिशुली जलविद्युत कम्पनी लिमिटेड, वनस्थलीको सिफारिसमा शुक्रबार बसेको सार्वजनिक खरिद अनुगमन कार्यालयको बैठकले कालोसूचीमा राखेको हो ।
यो आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी सिचुआन एएनएचईले पाएको थियो। ठेक्का पाएपछि कम्पनी काम गरिरहेको थियो । यो कम्पनीलाई चिनियाँ सरकारी कम्पनी स्वीफा एएनएचई गु्रप कम्पनी लिमिटेडले प्राप्ती ग¥यो । त्यसपछि व्यवस्थापनको समस्या देखाउदै कम्पनीले काम नै रोक्यो ।
३६ महिनामा सक्ने २०७४ सालमा कम्पनीले ठेक्का पाएको थियो । ठेक्का लागेपछि कोभिडका कारण करिब १५ महिना काम प्रभावित भयो । कोरोनकाल सकिएर केहि समय काम भयो ।
कम्पनीका अनुसार कुल ३८०५ मिटर सुरुङमार्गमध्ये ३४०० मिटर सुरुङमार्ग खन्ने काम सकिएको छ । ४०५ मिटर खनेपछि यो सुरुङमार्ग ‘ब्रेक थ्र’ हुन्छ । पुरै सुरुङमार्ग फिनिसिङको काम भने बाँकी नै छ । सर्ज ट्यांकको पूरै काम बाँकी छ । करिब १७५ मिटर पेनस्टक पाइप राख्नुपर्छ । स्लोव प्रोटेक्सनको काम २५ प्रतिशत पूरा भएको छ । बाँकी सम्पूर्ण संरचना निर्माणको काम बाकीँ रहेको कम्पनीले जनाएको छ ।

यो परियोजनाको ६६ प्रतिशत काम पूरा भएको छ । ८ अर्ब २२ करोड रुपैयाँमा आयोजनाको ठेक्का चिनियाँ कम्पनीलाई दिएको थियो । ६० मेगावाटको त्रिशुली–थ्री ‘ए’ जलविद्युत आयोजनाको क्यासकेड आयोजना हो । अहिले चिनियाँ कम्पनीसँग ठेक्का तोडेर आयोजनाको बाँकी काम अघि बढाउन नयाँ ठेक्का आह्वान भएको छ ।

कम्पनीले निकालेको ठेक्कामा आवेदन दिएका कम्पनीहरुको मूल्यांकन चलिरहेको छ । वाइबा इन्फ्राटेक प्रालि, हाई हिमालयन हाइड्रो कन्स्ट्रक्सन प्रालि, साई÷आरएससी जेभी,सीई कन्स्ट्रक्सन, तुण्डी कन्स्ट्रक्सन प्रालि र फेवा कन्स्ट्रक्सन प्राविधिक प्रस्तावमा पास भएका छन् । उनीहरुसँग वित्तिय प्रस्ताव मागेर मूल्यांकन भइरहेको छ । सिद्धार्थअनलाइन

धेरै कमेन्ट गरिएका

ताजा उपडेट