१ श्रावण २०८१, मंगलवार

अर्जेन्टिनासँग समूह चरणको हारको बदला लिँदै फाइनलमा पुग्ने क्यानडालाई अवसर

काठमाडौं : कोपा अमेरिका फुटबलमा विश्व च्याम्पियन अर्जेन्टिनालाई रोक्दै क्यानडा पहिलो पटक फाइनलमा स्थान बनाउने दाउमा रहेको छ।

एउटै समूहका यी दुई टोलीबीच भोलि बिहान पौने ६ बजे मेटलाइफ स्टेडियममा एक अर्काविरुद्ध खेल्दैछन्।

पहिलो पटक कोपा अमेरिका खेलेको क्यानडा भेनेजुएलालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। कतार विश्वकपको च्याम्पियन अर्जेन्टिना पनि इक्वेडरलाई पेनाल्टीमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो।

समूह चरण अन्तरगत उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० ले पराजित गरेको थियो। त्यपछि सुधारिएको प्रदर्शन गरेको क्यानडा लयमा देखिएको छ। समूह चरणमा पेरुलाई १-० ले हराएको क्यनाडा चिलीसँग गोलरहित बराबरीमा रोकिएको थियो।

अर्जेन्टिना भने शतप्रतिशत जित निकाल्दै सेमिफाइनला पुगेको हो। उसले पेरुलाई २-०  र चिलीलाई १-० ले रोकेको थियो। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी लयमा छैनन्।  चोटग्रस्त उनले इक्वेडरसँगको खेलमा पेनाल्टी मिस गरेका थिए। उनले जारी प्रतियोगितामा एक गोल पनि गर्न सकेका छैनन्।

साविक विजेतासमेत रहेको अर्जेन्टिना १६औँ टाइटलको नजिक पुग्दा उसलाई रोक्ने दाउँमा क्यानडा रहेको छ। क्यानडाले भने पहिलो पटक कोपा अमेरिका खेल्दैछ।

यी दुई टोलीको विजेताले उपाधिका लागि उरुग्वे र कोलम्बियाको विजेतासँग सोमबार बिहान खेल्नेछ। उरुग्वे र कोलम्बियाबीचको खेल भने बिहीबार बिहान हुनेछ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट