जाजरकोटको च्याउपानीमा पहिरोको जोखिम, ११ परिवारलाई सुरक्षित स्थानमा सारियो
सुर्खेत : भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका- १ च्याउपानीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ। गत कात्तिक १७ गते रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले यो स्थानलाई बस्न जोखिम बनाएको थियो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहयोगमा सो गाउँका ११ परिवारलाई पहिरोबाट जोगाउन सुरक्षित ठाउँमा सारिएको हो। कार्यालयका प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाले भेरी- १ च्याउपानीका पहिराको उच्च जोखिममा रहेका ११ घरपरिवारलाई अन्यत्र सारेको जानकारी दिए। ६ परिवारलाई भेरी- १ मेदेगाउँको खुला चौर र अन्यलाई आफन्तकहाँ तत्कालका लागि बस्ने व्यवस्था मिलाएको वडाध्यक्ष दीपक रानाले बताए।
त्यस्तै चार दिनदेखि अवरुद्ध भएको लुम्बिनी– रारा राजमार्गअन्तर्गत जाजरकोटकोटको भेरी-२ का विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ।
Facebook Comments Box
