१ श्रावण २०८१, मंगलवार

डेढ वर्षको बच्चा छाडेर शिवराजबाट एक महिला बेपत्ता, श्रीमानद्वारा खोज्दिन आग्रह

चन्द्रौटा -कपिलवस्तुको शिवराज नगरपालिकाकि एक महिला डेढ वर्षकोबच्चा छाडेर ३ दिन देखि सम्पर्क बिहिन भएकी छिन ।

 

शिवराज १ चोर खोलाका सुनिल सुनारकी २० वर्षकी श्रीमति सोनिया सुनार गत शुक्रबार देखी वेपता भएको श्रीमान सुनारले जानकारी दिए । वेपता श्रीमतीको खाेजि कार्यका लागि वडा प्रहरी कार्यालय चन्द्राैटामा निवेदन दिएको सुनारले बताए ।

वेपता साेनिया सुनार मंगलबार माइत शिवराज ९ बानियाभार गएको र बुधबार चन्द्राैटा बजार गएर घर गएको र सुक्रबार दिउँसो १२:३० बजेदेखि सम्पर्कमा नरहेको श्रीमान सुनिल सुनारले बताए ।

वेपता सुनारकाे ४ बर्षकाे छाेरा र डेढ बर्षकाे छाेरी रहेको श्रीमाले जनाएका छन । श्रीमान राेजगारीकाे सिलसिलामा बुटवल बस्दै आएको र श्रीमती परिवार सगैं चाेरखाेलामा बस्दै आएका थिए ।

खाेजी कार्य भइरहेको र अन्यत्र प्रहरी कार्यलयमा पनि फाेटाे सहितको विवरण पठाएकाे वडा प्रहरी कार्यालय चन्द्राैटाले जनाएको छ।

देख्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यलय वा श्रीमान सुनिल सुनार ९८६७१४९६३१ सम्पर्क गरिदिनु हाेला ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट