१ श्रावण २०८१, मंगलवार

टर्कीविरुद्ध पुनरागमन जित निकाल्दै नेदरल्याण्ड्स सेमिफाइनलमा

काठमाडौं : टर्कीविरुद्ध पुनरागमन जित निकाल नेदरल्याण्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ। बर्लिनमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्ड्सले २-१ को जित दर्ता गरेको हो।

टर्कीले खेलको ३५औं मिनेटमा खेलमा अग्रता लिएको थियो। आर्डा गुलेरको क्रसमा समेत अकायदिनले हेडर मार्फत गोल गर्दै खेलमा टर्कीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा ६ मिनेटको अन्तरालमा दुई गोल गर्दै नेदरल्याण्ड्सले अग्रता लिन सफल भयो। ७०औं मिनेटमा मेम्फिस डिपाएको क्रसमा शक्तिशाली हेडर प्रहार गर्दै स्टेफान डेभ्रिजले खेल बराबरीमा ल्याए । ७६औं मिनेटमा नेदरल्याण्ड्सले अग्रता लियो।

डेन्जेल डमफ्रिजको क्रसमा मर्ट मल्डुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्सको पुनरागमन पुरा भयो । सोही गोल जितका लागि पर्याप्त गयो।

नेदरल्याण्ड्सले अब सेमिफाइनलमा इङ्ल्यान्डको सामना गर्नेछ। इङ्ल्यान्डले शनिबार राति स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो। अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने छन्।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट