हिमालयन लघुवित्त वित्तीय संस्थाद्वारा जगत्रदेवी मन्दिरमा सामाग्री वितरण

असार २१ विजयनगर।
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय शिवपुरले शिवराज नगरपालिका वडा नं १ बनकट्टामा स्थित जगत्रदेवी मन्दिरमा भौतिक सामाग्री वितरण गरेको छ । संस्थाको १२ औँ बार्षिक उत्सवको अवसरमा शुक्रबार एक कार्यक्रमका बीच मन्दिरमा सामाग्री वितरण गरिएको हो ।
संस्थाले १२वर्ष पुरा गरी १३वर्षमा प्रवेश गर्न गईरहेको सुखद उपलक्ष्यमा सामाजिक उतरदायित्व अन्तर्गत मन्दिरमा ४० हजार बराबरको भौतिक सामाग्री वितरण गरिएको शिवपुर संस्थाका शाखा प्रमुख पदम खड्काले जानकारी दिए ।
उक्त कार्यक्रमका प्रमुख शिवराज नगरपालिका वडा नं १ का वडा अध्यक्ष खिम बिक्रम केशीले यस वित्तीय संस्था नाफा मुलक नभई सेवा मुलुक कार्य गर्दै बिभिन्न उत्पादनमुखि तालिम, वित्तीय साक्षरता लगायत सदस्य मैत्री तालिम कार्यक्रम समेत गरी सदस्यको जिवनस्तर उकास्न महत्त्वपूर्ण योगदान गरेको बताए । जगत्रदेवी मन्दिर लक्षित गरि मन्दीरमा जुन खालको भौतिक सामाग्री वितरण गरि सहयोग गरेकोमा धन्यावाद व्यक्त गर्दै आगामि दिनमा पनि निरन्तर यस्तै सहयोगको अपेक्षा गरेको बताए ।
संस्थाका अनुगमन अधिकृत कृष्णबहादुर अधिकारीले कुर्सी ,जुत्ता राख्ने र्याक वितरण गर्दै लघुवित्तले सामाजिक उत्तर दायित्व कोष अन्तर्गत शिक्षा, स्वास्थ्य तथा कृषि लगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताए ।
संस्थाका सदस्यहरू माझ आर्थिक कारोबार मात्रै नभई सदस्यको क्षमता अभिवृद्धि, सिप विकास र आयआर्जनका लागि संस्थाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको प्रमुख अधिकारीकोले बताए । संस्थाले विगत देखिनै सहयोग गर्दै आएको र यस्ता कार्यहरू निरन्तर रूपमा सञ्चालन गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा जगत्रदेवी मन्दिरका पदाधिकारी, समाजसेवी, संस्थाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो।