बेलायतमा आज आम निर्वाचन

सेयर गर्नुहोस

काठमाडौं : बेलायत आज आम निर्वाचन हुँदै छ।

आज हुने यी निर्वाचनमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच हुने अनुमान गरिएको छ। निर्वाचनअघि गरिएको सर्वेक्षणमा लेबर पार्टीले बहुमत ल्याउने दाबी गरिएको छ।

बेलायतको यस निर्वाचनमा स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान केन्द्रमा मतदान गर्न पाउनेछन्। बेलायत, उत्तरी आयरल्याण्ड, स्कटल्याण्ड र वेल्स लगायत युनाइटेड किंगडमका सबै भागहरूमा हुनेछन्।

प्रधानमन्त्री सुनकले गत मे २२ मा जुलाई ४ लाई आम निर्वाचनको मिति घोषणा गरेका थिए। त्यसको आठ दिनपछि मे ३० गते संसद् विघटन गरिएको थियो ।

यो आम निर्वाचनमा बेलायतको हरेक भागमा १८ वर्ष र सोभन्दा माथिका मानिसहरूले आफ्नो सांसद चयन गर्न मतदान गर्नेछन् । यो मतदान कुल ६५० संसदीय सीटहरूको लागि हुनेछ। छानिएका व्यक्तिले बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा पाँच वर्षसम्म निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्नेछन्। यो चुनावमा मुख्य प्रतिस्पर्धा ऋषि सुनकको कन्जरभेटिभ र प्रमुख विपक्षी नेता केयर स्टारमरको लेबर पार्टीबीच छ।

निर्वाचनअघि गरिएको सर्वेक्षणले संसदमा लेबर पार्टीले भारी बहुमत ल्याउने प्रक्षेपण गरेको छ। सर्वेक्षण सही साबित भए, कन्जरभेटिभ प्रधानमन्त्री ऋषि सुनकको १८ महिनाको कार्यकाल समाप्त हुनेछ र बेलायतमा १४ वर्षपछिपहिलो पटक लेबर पार्टीले देशको जिम्मेवारीमा फर्किनेछ।

बेलायतमा विगत १४ वर्षदेखि कन्जरभेटिभले शासन गर्दै आएका छन्।

Facebook Comments Box