मध्य मालीमा आतंकवादीआक्रमण, २२ जनाको मृत्यु
मध्य मालीको बन्दियागारा क्षेत्रको एक गाउँमा आतंककारी आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ। यो घटना सोमबारको भए पनि अधिकारीहरूले बुधबार सार्वजनिक गरेका हुन्।
‘सोमबार साँझ करिब ५ बजे, कातिबा मासिनाका आतंककारीले जिगुइबोम्बो गाउँमा आक्रमण गरेका थिए’, एक अधिकारीले भने, ‘अस्थायी टोलमा डोजो शिकारीसहित २२ सर्वसाधारण मारिएका र धेरै बेपत्ता छन्।’
प्रत्यक्षदर्शी र स्थानीय अधिकारीहरूका अनुसार विवाह समारोह भइरहेका बेला आक्रमणकारीहरूले गाउँलाई घेरेका थिए । ‘विवाह उत्सवका क्रममा आक्रमण भयो। आक्रमणमा दुलहाको पनि ज्यान गयो’, स्थानीय एक अधिकारीले भने।
सन् २०१२ देखि माली राजनीतिक, आर्थिक र मानवीय संकटको बीचमा आतंकवादी हमलाबाट ग्रस्त छ।
Facebook Comments Box
