संस्थापक सदस्य बेल्बासे कै नेतृत्वमा व्यवस्थापन समिति गठन

सेयर गर्नुहोस

गाेरुसिङ्गे , असार १९ । भृकुटी मावि बुड्ढीमा संस्थापन परिवार सदस्य कै नेतृत्वमा विद्यालय व्यवस्थापन समिति गठन भएकाे छ ।
बुद्धभुमी ४ बुड्ढीमा रहेकाे श्री भृकुटी माध्यमिक विद्यालयकाे व्यवस्थापन समितिमा जग्गादाता एवं संस्थापन परिवार सदस्य मिनराज बेल्बासे सर्वसम्मतले चयन हुनुभएको छ । खुला प्रतिस्पर्धाबाट आएका दुई महिला दुई पुरुषले संस्थापन सदस्य मिनराज बेल्बासेलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेका हुन । अध्यक्ष बेल्बासेकाे नेतृत्वमा गठित विद्यालय व्यवस्थापन समिति सदस्यहरुमा शारदा भुसाल, रविना थापा,
रामदुलारी थारु, रामनाथ खनाल, सुर्य बहादुर जिसी , वडाध्यक्ष सुशील कुमार चाैधरी , प्रअ बेदप्रकाश भुसालसहित नाै सदस्यीय समिति गठन गरिएकाे सदस्य सचिव विद्यालय का प्रधानाध्यापक बेद प्रकाश भुसालले जानकारी गराउनुभएकाे छ ।
त्यस्तै गाेमती प्रसाद बरईकाे संयाेजकत्वमा शिक्षक अभिभावक संघकाे गठन पनि सर्वसम्मतले गरिएकाे छ । सदस्यहरुमा बासुदेव यादव , चुल्हे थारु, गिता हमाल,परमात्मा केवट , प्रतिमा कुवंर , चन्द्रकला थारु, लक्ष्मी कुमाल, खिम बन्जाडे र सदस्य सचिवमा प्रअ बेदप्रकाश भुसाल चयन हुनुभएकाे पुर्व शिक्षक प्रतिनिधि तथा कार्यक्रम संचालक ईश्वर बहादुर पुनले बताउनु भयाे ।
नवगठित व्यवस्थापन समितिका अध्यक्ष मिनराज बेल्बासेले विद्यालयकाे सर्वांगीण बिकासमा प्रतिवद्धता व्यक्त गर्नुभएको थियाे । उनले विद्यालयलाई सम्पुर्ण सराेकारवाला निकायसंग काे समन्वयमा लैजाने र थप शैक्षिक उपलब्धि सुधारका लागि आफुहरु लागि पर्ने बताउनुभयाे ।

Facebook Comments Box