पुर्वमन्त्री अकबाल शाह , जितेन्द्रदेव लगायत दर्जनौं नेता एमालेमा प्रवेश

सेयर गर्नुहोस

काठमाडौ , असार १७ । लाेकतान्त्रिक समाजवादी पार्टीका नेता एवं पुर्व कृषि एवं पशुपंक्षी मन्त्री अकबाल अहमद शाह लगायत दर्जनौं नेता केपी ओलि नेतृत्वकाे नेकपा एमालेमा प्रवेश गरेका छन

आज एक कार्यक्रमका बीच पुर्वमन्त्री अकबाल अहमद शाह , कांग्रेसका नेता एवं पुर्व मन्त्री जितेन्द्र नारायण देव लगायत दर्जनौं नेता नेपाल कम्युनिस्ट पार्टी (एमाले ) मा प्रवेश गरेका हुन । अध्यक्ष केपी शर्माओलीले दर्जनौं नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउनुभएकाे हाे । तराई – मधेशका दिग्गज नेता मध्ये पश्चिमतिरका अकबाल अहमद शाह र पुर्वका कांग्रेसी मधेशी नेता एमाले प्रवेश गरेपछि पार्टीमा थप उत्साह बढेकाे र मधेशी समुदायमा एमालेप्रतिकाे सकारात्मक भावना बिकास हुँदै जाने वक्ताहरुकाे भनाई थियाे ।

लुम्बिनी प्रदेशमा लाेसपाका वरिष्ट नेता नै एमाले प्रवेश गरेपछि पार्टीलाई ठुलाे धक्का लागेकाे कपिलवस्तुका राजनितिक वृत्तमा विश्लेषण भईरहेकाे छ ।

कार्यक्रममा वरिष्ठ नेता शंकर पाेख्रेल लगायतकाे उपस्थिति थियो ।

Facebook Comments Box