रुसी सेनाप्रमुख र पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

सेयर गर्नुहोस

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले रुसका जनरल स्टाफ प्रमुख भ्यालेरी गेरासिमोभ र पूर्वरक्षामन्त्री सर्गेई शोइगुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

नागरिकलाई अत्यधिक आकस्मिक हानि पुर्‍याउने कथित युद्ध अपराधका साथै युक्रेनमा ‘अमानवीय कार्य’ को मानवताविरुद्धको अपराधका लागि पक्राउ पुर्जी जारी गरेको आईसीसीले विज्ञप्तिमा जनाएको छ।

‘कम्तीमा सन् २०२२ अक्टोबर १० देखि सन् २०२३ मार्च ९ सम्म युक्रेनी विद्युतीय पूर्वाधारविरुद्ध रुसी सशस्त्र सेनाले गरेको मिसाइल हमलाको जिम्मेवारी दुई संदिग्ध व्यक्तिले वहन गर्ने उचित आधारहरू छन्’, आईसीसी न्यायाधीशले भनेका छन्।

अदालतले यी आक्रमण ‘नागरिक वस्तुहरू विरुद्ध निर्देशित’ थिए र लक्ष्य सैन्य मान्न सकिन्छ भनिए पनि नागरिक क्षति ‘प्रत्याशित सैन्य फाइदाका लागि स्पष्टरूपमा अत्यधिक हुने थियो’ भनेको छ।

अदालतले गत वर्षको मार्चमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि पक्राउ पुर्जी जारी गरेको थियो । उक्त फैसलालाई मस्कोले ‘अमान्य’ भनेको थियो। जवाफमा रुसले आईसीसीका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

हेगस्थित आइसिसीसँग पक्राउ पुर्जी लागु गर्नका लागि आफ्नौ प्रहरी बल छैन । यसलाई कार्यान्वयन गर्न आफ्ना १२४ सदस्यको न्याय प्रणालीमा निर्भर छ।

सैद्धान्तिकरूपमा वारेन्टअन्तर्गत कुनै पनि गिरफ्तारीको डरले आइसिसी सदस्य मुलुकको भ्रमण गर्नबाट रोकिएको छ।

पुटिनले विशेषगरी आईसीसी सदस्य नभएका किर्गिस्तान, साउदी अरब र संयुक्त अरब इमिरेट्सको विदेश भ्रमण गरेका छन् ।

Facebook Comments Box