उपमहासचिव रिमालसिहत एमालेका ३० नेता आजदेखि चीन भ्रमणमा
काठमाडौं : नेकपा एमालेका उपमहासचिव विष्णु रिमालसहित नेताहरूको टोली मंगलबार चीन भ्रमणमा जाने भएको छ। रिमाल नेतृत्वको ३० सदस्यीय टोली चीन भ्रमणमा जान लागेका हो।
चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा एमाले नेता १० दिने चीन भ्रमणमा जान लागेका हुन्। भ्रमणका क्रममा चिनिया कम्युनिष्ट पार्टीको उच्च तहसँग भेटवार्ता हुने एमालेले जनाएको छ। टोलीले चीनको बेइजिङसहित विभिन्न प्रान्तको भ्रमण गर्नेछ।
चीन भ्रमणमा रहने प्रतिनिधिमण्डललाई अध्यक्ष केपी शर्मा ओलीले आवश्यक निर्देशनसहित सोमबार विदाइ गरेको रिमालले जानकारी दिए।
भ्रमण दलमा नेताहरू भानुभक्त ढकाल, सुजिता शाक्य, विनोद श्रेष्ठ, लालबहादुर थापा, नागेन्द्र शाही, जीवन गौतम, इन्दिरादेवी गौतम, तथा सांसदहरू महेश बस्नेत, सरस्वती सुब्बा र मधेश प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डललगायत छन्।
Facebook Comments Box
