राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौं : संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ। बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ सभासमक्ष पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित छ।
Facebook Comments Box
