भारतको आर्थिक विकासबाट हामीले पनि फाइदा लिनुपर्छ : राष्ट्रपति विक्रमासिंघे

सेयर गर्नुहोस

काठमाडौं– श्रीलंकाका राष्ट्रपति रनील विक्रमासिंघेले भारतसँग अझ निकट हुनुपर्ने विचार व्यक्त गरेका छन् ।

राजधानी कोलम्बोमा आयोजित औद्योगिक सम्मेलनलाई उद्घाटन गर्दै प्रधानमन्त्री विक्रमासिंघेले छिमेकी भारतले बृहद् औद्योगिक विकासमा अघि बढिरहेको भन्दै आफ्नो मुलुकले पनि त्यसबाट फाइदा लिनुपर्ने बताएका हुन् ।

यसबारे आफूले भारतीय विदेशमन्त्री एस जयशंकरसँग छलफल गर्ने उनको भनाइ छ । श्रीलंकाले सौर्य एवम् वायु ऊर्जा तथा तरल हाइड्रोजनको क्षेत्रमा भारतसँग सहकार्य गर्नसक्ने उनको भनाइ छ ।
मुलुकको अर्थ मन्त्रालयको पनि जिम्मेवारीमा रहेको राष्ट्रपति विक्रमासिंघेले आफ्नो मुलुक आयातमुखी अर्थतन्त्रबाट निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण हुने दिशामा अघि बढिरहेको समेत बताए ।

Facebook Comments Box