सुन तस्करीमा चिनियाँ नागरिक कै संलग्नता

काठमाडौं । नेपालमा हुने सुन तस्करीमा अधिकांस कनेक्सन चिनियाँ नागरिक संग जोडिएको हुन्छ । नेपालमा ६ केजी सुनसहित पक्राउ परेका चिनियाँ नागरिक संग नेपाली नागरिकता फेला परेको छ । यो नेपाली नागरिकता कस्ले बनाउन सघायो त्यो कुरा पत्ता लाउन जरुरी रहेकोे छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टिमले कपनबाट शेरब ग्याल्बो भन्ने सोनामा गुरुङलाई पक्राउ गरेको हो ।
गुरुङसँग नेपाली नागरिकतासमेत भेटिएको हो । नेपालमा अहिले नेपाली नागरिकहरु पर्यटनका रूपमा आउने गरेको हुन । पर्यटनका रूपमा प्रवेश गर्ने चिनियाँ नागरिकहरु अपराधीक क्रीयाकलाप लाग्ने गरेका हुन । चिनियाँ नागरिकहरुले कसरी नागरिकता पाप्त गर्ने गरेका हुन यसबारेमा छुट्टै अनुसन्धान हुने सिआइबीले जनाएको छ । उनी ब्रेकसुमा लुकाएर सुन तस्करी गर्ने गिरोहका सदस्य हुन । उनीसँग स्रोत नखुलेको ४८ लाख रुपैयाँसमेत प्रहरीले बरामद गरेको छ ।
नेपालमा बस्दै आएका गुरुङ क्रिप्टोकरेन्सी तथा युएसडिटीको अवैध कारोबारमा समेत संलग्न रहेको सिआइबीले जनाएको छ । सुन तस्करी प्रकरणमा सिआइबीले हाल दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । प्रहरी माथी दबाव हुनु हुदैन बल्ल तस्कर र तस्करी गर्ने मुख्याहरु सम्म अनुसन्धान पुगे मात्र देशमा हुने तस्करी नियन्त्रणमा हुन्छ ।