नेपालसामु बंगलादेश पूरै ओभर टिक्न सकेन, १०७ रनको लक्ष्य

काठमाडौं : आईसीसी टी–ट्वेन्टी विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले १०७ रनको विजयी लक्ष्य पाएको छ।
सेन्ट भिन्सेन्टको किङ्सटाउनस्थित आर्नोस भेल क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको बंगलादेशले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन मात्र बनाउन सक्यो।
बंगलादेशका शाकिब अल हसनको १७ रन नै सर्वाधिक रह्यो। महमुल्लाह र राशिद हुशेनले समान १३ १३ रन बनाए।
नेपालका लागि कप्तान रोहित पौडेल, सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए। दीपेन्द्र सिंह ऐरी र अनिल साहले एक एक विकेट लिए।
दुई हार र एक बराबरीसँगै विश्वकपबाट बाहिरिइसकेकोछ। आ बंगलादेशलाई पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ।
दक्षिण अफ्रिकाविरुद्ध शनिबार एक रनले पराजित भएपछि नेपालको सुपर एटमा पुग्ने लक्ष्य अधुरै रहृयो। सुपर एटमा पुग्ने सम्भावना समाप्त भए पनि नेपालका लागि यो खेल समर्थकहरुलाई खुसी बनाउने अवसर हो।
यस विश्वकपमा नेपालको यात्रा सुखद रहेन। पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित हुँदा नेपाललाई मौसमले साथ दिएन। वर्षा र टस दुवै नेपालको विपक्षमा रहे। श्रीलंकासँगको खेल रद्द भयो।
बंगलादेशका लागि भने सुपर एटमा पुग्न यो खेल जित्नैपर्ने अवस्था छ। बंगलादेशको अहिले दुई खेलमा ४ अंक छ र समूह ‘डी’ मा तेस्रो स्थानमा छ। यस समूहमा नेदरल्यान्ड्स पनि सुपर एटको दौडमा छ। अहिले नेदरल्याण्ड र श्रीलंकाबीचको खेल जारी छ। टस हारेर श्रीलंका ब्याटिङमा छ।