१ श्रावण २०८१, मंगलवार

निजि जग्गा सशस्त्र प्रहरीले कब्जा गरेको बिषयमा संसदमा बिरोध

दाङ ३१ जेठ । दाङ(देउखुरीको भालुवाङमा व्यक्तिको जग्गा सशस्त्र प्रहरीले कब्जा गरेको बिषय संघीय संसदमा उठेको छ ।प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले सशस्त्र प्रहरीको कब्जामा रहेको व्यक्तिको जग्गा तत्काल फिर्ता गर्न माग गरेका छन् ।

उनले देशमा शान्तिपक्रृया आईसकेको यतिका समय सम्म पनि जनताले आफ्नो जग्गा फिर्ता नपाउनु अत्यन्तै दुखद बिषय भएको बताए। उनले भने “१७ घरपरिवारको ६ बिघा ७ कट्ठा जग्गा अहिले सम्म पनि सशस्त्र प्रहरीको कब्जामा छ रु पिडितहरू लालपुर्जा बोकेर कहिले गृह मन्त्रालय त कहिले सशस्त्र प्रहरीको हेडक्वाटर धाइरहेका छन् । आफ्नो नामको जग्गा प्राप्तीका लागि पिडित जग्गाधनीहरू निकै संघर्ष गरिरहेका छन् । जनताले आफ्नो जग्गा कहिले फिर्ता पाउँछन् रु सरकार संग प्रश्न गरे । सांसद चौधरीले जग्गा पिडितहरू अहिले सम्म पनि उक्त जग्गाको कर तिरिरहेको भएपनि आफ्नो जग्गा उपभोग गर्न नपाएका बरू जग्गा फिर्ता माग्दा उल्टै धम्कीको सामना गर्नु परेको बताए । सांसद चौधरीले तत्काल जग्गाधनीहरूलाई जग्गा फिर्ता गर्न सरकार संग जोडदार माग समेत गरेका छन् ।

लुम्बिनी प्रदेशको राजधानीस्थल दाङ—देउखुरीको भालुवाङमा सशस्त्र द्वन्द्वका क्रममा सशस्त्र प्रहरी बलको ज्वालामाई गण स्थापना भएपछि त्यहाँ बसीरहेका १७ घर परिवार बिस्थापित भए । वि।सं। २०५८ सालमा सशस्त्रद्वन्द्वको कारण देउखाउँदै सशस्त्र प्रहरीले व्यक्तिको जग्गा कब्जा गरी गण स्थापना गरेपछि त्यहाँ बस्दै आएका स्थानीय १७ घर परिवार बिस्थापित भएका हुन् । देशमा द्धन्द्ध सकिएर गणतन्त्र स्थापना भएको यतिका बर्ष भइसक्दा पनि ती परिवारले अहिले सम्म पनि आफ्नो जग्गा फिर्ता पाउन सक्नु भएको छैन । उनीहरुले अहिले सम्म पनि ६ बिघा ७ कठ्ठा जग्गाको कर तिरिरहनु भएको छ, तर भोगचलन भने गर्न पाएका छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट