राष्ट्रपति पौडेललाई कतारमा स्वागत

सेयर गर्नुहोस

काठमाडौं : स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा कतारको राजधानी दोहा पुगेका राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाली राजदूत नरेश विक्रम ढकाललगायतदूतावासका कर्मचारीले स्वागत गरेका छन्। राष्ट्रपति पौडेल बुधबार जेनेभा प्रस्थान गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्को) उदघाटन मञ्चमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

उनले जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्नेछन्। सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको त्यही दिन राष्ट्रपति पौडेलसँग आईएलओका महानिर्देशक गिल्बर्ट एफ होग्ङबोसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।

त्यसअघि बुधबार राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्नेछन्।

स्वीट्जरल्याण्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट रोयल डच एयरलान्सबाट जर्मनीको बर्लिन प्रस्थान गर्नेछन्।। राष्ट्रपति पौडेलले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन्। उनलेअसार ३ गते जर्मनी समकक्षीसँग भेटवार्ता गर्नेछन्।।

त्यसअघि असार २ गते गैर आवासीय नेपाली संघ जर्मनीले राष्ट्रपति पौडेललाई अभिनन्दन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा उहाँले जर्मनीमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ ।

त्यसैगरी असार ३ गते जर्मनी ट्रेड एण्ड इनभेष्ट आबद्ध उद्योगी व्यापारीसँग भेट गर्ने कार्यक्रम छ। राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।

Facebook Comments Box